धनगढीका व्यवसायी खनालद्धारा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि ११ हजार सहयोग
 
ss


धनगढीका व्यवसायी तथा सुप मिडिया हाउसका अध्यक्ष पुर्णप्रसाद खनालले रोटरी क्लब धनगढीले चलाएको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा आर्थिक सहयोग गरेका छन् । खनाले अक्सिजन खरिद अभियानका लागि ११ हजार एक सय रुपैया रोटरी क्लब अफ धनगढी को १०० थान अक्सिजन कन्सन्ट्रेटर खदिर अभियान लाई सहयोग गरेका हुन् ।
पहिलो चरणको कोरोनाको प्रकोपका समयमा पनि खनालले दैनिक ज्याला मजदुरी गरी खाने वर्गलाई खाद्यान्न सहयोग गरेका थिए । 

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ । सोही अभियानका लागि क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरेका छन् ।
क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नम्बर ०११००५०१२२५२३९ मा जम्मा गर्न आग्रह गरेको छ । सम्पर्कका लागि ९८५८४२०२२४, ९८४१६३३०००, ९८५८४२०१६३ र ८५८४२२४२७ मा फोन गर्न सकिनेछ ।