विजयादशमीमा पारिजात फेसन हाउसको उद्घाटन हुदैंः परम्परा, आधुनिकता र सौन्दर्यको संगम
 
ggg

विजयादशमीको  अवसर, घटस्थापनाको दिनलाई ऐतिहासिक क्षणका रूपमा चयन गर्दै धनगढीमा पारिजात फेसन हाउसको उद्घाटन हुने भएको छ। असोज ६ गते बिहान ११ बजे धनगढी–५, हसनपुरस्थित बाल्मिकी ं२ कलेज रहेको घरमा आयोजना गरिने कार्यक्रमलाई विशेष र दरबारिया वातावरणमा सम्पन्न गरिने तयारी गरिएको छ।

पारिजात फेसन हाउसका संस्थापक परिवारका एक सदस्यले भने, “पारिजात फेसन हाउस केवल वस्त्र बिक्री गर्ने केन्द्र होइन, यो एक सांस्कृतिक अभियान हो। यहाँ हामीले नेपाली मौलिकता, सांस्कृतिक गरिमा र आधुनिक फेसनलाई एकैसाथ प्रस्तुत गर्नेछौं। हाम्रो उद्देश्य परम्परालाई सम्मान गर्दै भविष्यको ट्रेन्ड निर्माण गर्ने हो ।” उनीहरूका अनुसार, फेसन हाउसमा उपलब्ध हुने प्रत्येक परिधानमा नेपाली कलाको मौलिक सौन्दर्य झल्किनेछ। परम्परागत ढाँचा र आधुनिक डिजाइनबीचको सन्तुलनमार्फत नयाँ पुस्तालाई नेपाली पहिचानमा गर्व गर्ने अवसर दिने लक्ष्य लिइएको छ।

संस्थापकहरूले पारिजात फेसन हाउसलाई राजकीय शान, ऐश्वर्य र भविष्यको फेसन प्रवृत्तिको अद्वितीय संगमको रूपमा विकास गर्ने दीर्घकालीन योजना सार्वजनिक गरेका छन्। “यो फेसन हाउसले नेपाली परिधानलाई राष्ट्रिय स्तरमै सीमित नराखी अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने अभियान सञ्चालन गर्नेछ। हाम्रो दृष्टि नेपाली फेसनलाई विश्वव्यापी पहिचान दिलाउने हो,”संस्थापकको भनाइ छ।

उद्घाटन समारोहमा स्थानीय समाजका अगुवा व्यक्तित्व, शिक्षाविद्, फेसन व्यवसायसँग संलग्न विज्ञ, संस्कृतिप्रेमी तथा समुदायका मान्यजनहरूको उपस्थितिलाई विशेष बनाउने तयारी गरिएको छ। विजयादशमीलाई शक्ति, विजय र सद्गुणको प्रतीकका रूपमा लिइन्छ। यसै दिनलाई फेसन हाउसको शुभारम्भको लागि रोज्नुको कारण बताउँदै आयोजकले भने, “विजयादशमी सन्देश दिने दिन हो—असत्यमाथि सत्यको विजय र अन्धकारमाथि प्रकाशको जीत। हामीले यो दिन रोज्नु भनेको नेपाली फेसन उद्योगमा सकारात्मक परिवर्तन र सांस्कृतिक उत्थानको विजयको प्रतीक हो।”