
कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै कैलालीमा निषेधाज्ञा थप गरिएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले जेठ १३ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञामा सरकारी बैंक बाहेक सबै बैंक बन्द गरिने जनाइएको छ । औसधि उपचार लगायत अत्यावश्यक काम बाहेक बाहिर निस्कन प्रतिबन्द लगाइएको छ । विवादको लागि ब्यानर सहित दुलाह दुलही राखेर बढीमा २ गाडि ५÷५ जना गरी १० जना मात्रै जान पाउने बताइएको छ ।
यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म, बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म र बैशाख मसान्तदेखि जेठ ६ गतेसम्म निशेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।

कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै जिल्लामा थप कडाइ सहित निषेधाज्ञा गरिएको कैलालीका प्रमुख जिला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28