
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको छ । कैलालीको गोदावरी नगरपालिकामा एक जनामा कोरोना पुष्टि भएको हो ।

उनी जनप्रतिनिधि रहेको खुलेको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुष जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको जेठ २० गते स्वाब संकलन गरिएको थियो । आरडिटी पोजेटिभ देखिएपछि उनलाई छुट्टै राखिएको थियो । यसअघि सुदूरपश्चिममा एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी र सुत्केरीमा पनि कोरोना पुष्टि भइसकेको छ ।
