धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न हिमालयन बैंकका कर्मचारीद्धारा एक लाख २५ हजार बढी सहयोग
2021/05/19, 3:11
 
dd

चौधरी फाउण्डेसन र धनगढी उपमहानगरपालिका को साझेदारीमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा हिमालयन बैंक धनगढीका कर्मचारीले सहयोग गरेका छन् । बैंकका कर्मचारीहरुले संकलन गरेको एकम लाख पच्चिस हजार रकम हस्तान्तरण गरिएको हो ।

उप महानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषका लागि संकलन गरिएको रकम धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडलाई हस्तान्तरण गरिएको छ  ।  पछिल्लो समय धनगढीमा दिनप्रतिदिन अक्सिजन अभाबका कारण कोरोना संक्रमितको मुत्यु हुने क्रम बढ्दै गएपछि विभिन्न संघ संस्था तथा ब्यक्तीगत रुपमा आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ ।

धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरेको थियो ।

 नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।