सुदूरपश्चिमका चार नाकाबाट दैनिक सात सय नेपाली भित्रिन्छन्
2021/05/19, 3:58
 
dd

भारत तथा नेपालमा कोरोनाको संक्रमण एकै पटक उच्च विन्दुमा पुगेको भएन पनि सुदूपश्चिमका नाकाहरुबाट मानिसको आवतजावत यथावत रहेको छ । दार्चुला जिल्लाको धार्चुला , बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका भएर दैनिक छ ÷सात सय नेपाली आउने जाने गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले बताए ।

उनले सयसुदूरपश्चिम प्रदेशका मुख्य चार नाका भएर चैत र बैशाख दुई महिनामा ७५ हजारबढी नेपाली नेपाल फर्केका छन् । भारतका विभिन्न शहरमा कामका लागि गएका नेपाली भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि चैत्र दोस्रो हप्ता देखि नेपाल फर्किन थालेका हुन् । थापाले चैत्र १२ गते देखि हाल सम्म चार मुख्य नाकाबाट ७५ हजार ६५५ जना नेपाली नेपाल फर्केको बताए । साथै उहाँले २७ हजार १२९ जना नेपाली भारततर्फ गएको समेत जानकारी दिए ।

चैत्र महिनामा ४० हजार बढी नेपाली भित्रिएका थिए भने करिब २५ हजार बाहिरिएको जनाइएको छ । दार्चुला जिल्लाको धार्चुला , बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका भएर उक्त सख्यामा नेपाली आउने जाने गरेका हुन् । प्रवक्ता थापाले रोजगारीको शिलसिलामा भारतका विभिन्न शहरमा गएका नेपाली दोस्रो लहरको नया भेरियन्ट सहितको कोरोना सङ्क्रमित लाखौंको संख्यामा थपिदै गएपछि उनीहरु त्रासले नेपाल फर्केको बताएका छन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशानलय दिपायलका निर्देशक डाक्टर गुणराज अवस्थीले मुख्य चार नाकामा हेल्थ डेक्सको व्यवस्थागरी स्वास्थ्य परीक्षण गरिदै आएको बताए । एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएका सङ्क्रमित मध्य लक्षण देखिएका सकृय सङ्क्रमितलाई विभिन्न जिल्लामा रहेका कोभिड अस्पतालमा पठाउने गरेको समेत निर्देशक डा.अवस्थीले जानकारी दिए ।