कञ्चनपुरमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचाररत ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयकी कोभिड फोकल पर्सन महिन्द्रा भट्टले भीमदत्त नगरपालिकाका-४ जना, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका १-१ जनाको मृत्यु भएको जानकारी दिइन् । उनका अनुसार भीमदत्त नगरपालिका-५ का ६५ वर्षीय पुरुष, भीदमत्त नगरपालिका-८ का ७५ वर्षीया महिला, वडा नम्बर १८ का ८० र ७१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यस्तै कृष्णपुर नगरपालिका-४ का ६९ वर्षीय पुरुष र लालझाडी-५ का ३० वर्षीय पुरुषको मृत्यु भएको उनले बताइन् । बुधबार नै कञ्चनपुरमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक सय ४ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2022/07/05, 6:30
2020/05/12, 6:15
2020/09/09, 11:49
2021/08/23, 10:30