
कञ्चनपुरमा पनि निषेधाज्ञा लम्बाईएको छ। कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कञ्चनपुरले जेठ १५ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक विज्ञप्ति जारी गर्दै जारी निषेधाज्ञालाई जेठ १५ गते राति १२ बजेसम्मका लागि निरन्तरता दिने जनाएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रुपमा बढ्दै गइरहेको र दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै गएकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28