चौधरी फाउण्डेसन र धनगढी उपमहानगरपालिका को साझेदारिमा मा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डर का लागि मेयर कल्याणकारी कोष मा ह्युमानिटी फाउण्डेसन नेपालले रु १,००००० रकम सहयोग गरेको छ ।
उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा ह्युमानिटी फाउण्डेसन नेपालल उक्त रकम जम्मा गरेका हो। पछिल्लो समय धनगढीमा दिनप्रतिदिन अक्सिजन अभाबका कारण कोरोना संक्रमितको मुत्यु हुने क्रम बढ्दै गएपछि विभिन्न संघ संस्था तथा ब्यक्तिगत रुपमा आर्थिक सहयोग उठ्ने क्रम जारी छ ।
धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरेको छ ।
नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।