जनप्रतिनिधिलाई कोरोना पुष्टि भएपछि गोदावरी नगरपालिकाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द
2020/06/06, 6:58

कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै अत्यावश्यक स्वास्थ्य र सरसफाई बाहेकका सम्पूर्ण कामहरु बन्द रहने जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टद्धारा हस्ताक्षरीत सुचनामा नगरपालिकामा पनि कोरोनाको संक्रमण बढ्दै गएकाले आईतबारदेखि अर्को सूचना जारी नभए सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने उल्लेख छ ।
‘यो विषम परिस्थितिमा सबैले आ– आफ्नो ठाउँमा उच्च सतर्क रहि जिम्मेवारी बहन गरी सुरक्षित र अनुशासित रुपमा रहन हुन हार्दिक अनुरोध गरिन्छ ।’ सूचनामा भनिएको छ ‘यस समयमा सबै नगरबासीको सकारात्मक साथ र सहयोगको अपेक्ष गर्दछौ ।’

गोदावरी नगरपालिकामा शनिवार पहिलो पटक एक जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/06/04, 7:07
2020/11/04, 10:55