
कोरोना उपचार तथा रोकथामको लागि कैलालीमा रकम संकलन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले शनिबार एक सूचना जारी गर्दै आर्थिक सहयोग संकलन गर्न नपाइने जनाएको हो।

सूचनामा अगाडि भनिएको छ, “आफु खुशी रकम जम्मा गर्ने अभियान चलेको भन्ने सूचना प्राप्त हुन आएकोमा यसरी कोरोना उपचारको नाममा जथाभावी रकम जम्मा गर्ने कार्यलाई निरुत्साहित गर्न जरुरी देखिएकोले यस्ता कार्य नगर्न अनुरोध गरिन्छ।”
यस्तै सहयोग गर्न चाहने इच्छुकले राष्ट्रिय वाण्ज्यि बैक सिंहदरवार परिसर शाखामा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न सकिनेछ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28