
डडेल्धुरा सदरमुकाम सहित आसपासको क्षेत्रमा असिना पानी परेको छ। जिल्लाका विभिन्न क्षेत्रमा अहिले पनि असिना पानी जारी छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहने जनाएको छ।

देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेको छ।
यस्तै शनिबार राति देशका अधिकांश भूभागमा सामान्य बदली रहने छ। देशका पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भूभागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ् असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35