बाजुरामा थप एक जना संक्रमितको मृत्यु
2021/05/23, 10:12
 
dd

बाजुरा जिल्लामा आज थप एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हिमाली गाउँपालिकाका ५८ बर्षिया पुरुष रहेका छन । उनी लामो समय देखी दमको बिरामी भएका उनको मृत्यु भएको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक राज बहादुर भण्डारीले बताएका छन ।

यो संगै बाजुरामा कोरोनाका कारण मृत्यु हुनेको सख्या ७ पुगेको छ । शनिबार सम्म बाजुरा प्रत्येक ३ दिनमा एक जना कोरोना संक्रमण पछि मृत्यु हुने गरेको पाईएको भएको पनी शनिबारदेखी प्रतिदिन १ जना संक्रमीतको मृत्यु हुने गरेको छ ।

हालसम्म बृद्धबृद्धा र दिर्घरोगीहरु नै रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हाल सम्म १ हजार जनाको कोरोना परिक्षण गर्दा ३ सय ९३ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

हालसम्म जिल्लामा आज थपिएको १ जना सहित ७ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । बाजुरामा निको हुनेको सख्या १ सय ९२ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।