सेती प्रयोगशालामा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि, ३० कोरोनामुक्त
2021/05/23, 5:35

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा १ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । ५ सय ६५ जनाको स्वाब परीक्षण गरीएकोमा ४ सय ३६ जनाको रिपोट नेगेटिभ आएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढीका ८ जना , कैलालीका १२१ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै अस्पतालमा ८२ जनाको उपचार भईरहेको जनाएको छ ।
अस्पतालमा आइसीयुमा १२ जना रहेकोका छन्, भने ७० जना अक्सिजन सर्पोटमा उपचार भईरहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ३० जना कोरोनामुक्त भएका छन् भने थप १४ जना अस्पतालमा भर्ना भएका छन् ।

पछिल्लो २४ घण्टामा ५ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28