सेती अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि नन्दलाल चटौतद्धारा २५ हजार सहयोग
2021/05/24, 5:50

अक्सिजन अभावका कारण सुदूरपश्चिम प्रदेशमा दिन प्रतिदिन कोरोना संक्रमित विरामीको मुत्यु हुने क्रम बढेपछि अक्सिजन प्लान्ट जडानका लागि सहयोग जुट्ने क्रम जारी छ ।

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानीमा रहेको सेती प्रादेशिक अस्पतालले पनि अक्सिजन प्लान्टका लागि पहल थालेपछि कञ्चनपुरमा रहेको बैजनाथ इन्जिनियरिङ कलेजका सञ्चालक नन्दलाल चटौतले आर्थिक सहयोग गरेका छन् ।
चटौतले कोरोनाको महामारीबाट नागरिकको जीवन रक्षा होस भनेर सेती प्रादेशिक अस्पताललाई २५ हजार नगद सहयोग गरेका हुन् ।
चटौतले अक्सिजन अभावका कारण कसैले पनि ज्यान जानु नपरोस भन्ने उद्देश्यले अस्पताललाई सहयोग गरेको बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28