
११ जेठ, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल कैलालीले धनगढीमा राँके जुलुससहित प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन गरेको जनाएको छ ।

तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बमले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरुद्ध राँके जुलुससहित प्रर्दशन गरिएको बताए । तरुण दलले संविधानको धारा ७६ को ५ बमोजिम काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न पनि माग गरेको छ ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/13, 7:12
2021/06/09, 9:46
2022/01/28, 12:12
2023/02/13, 12:26