
नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक आज बसेको छ । बैठक अहिले ढिलोगरी सुरु भएको एमाले प्रदेश सभा सदस्य अमरबहादुर साँउदले जानकारी दिए । बैठक मंगलबार बस्ने भनिए पनि आन्तरिक कारण बस्न नसकेको बताईएको छ ।

“हिजो सबै साथीहरुलाई सूचना पुगेको रहेनछ । हिजो सामान्य अनौपचारिक छलफल भयो । त्यसैले अहिले बैठक बसिरहेका छौं ।” उनले भने ।
सोमबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । त्यसपछि संसदीय दलको बैठक बसिरहेको हो । तर, सुदूरपश्चिम प्रदेशमा खनाल–नेपाल समूहका सांसदको बहुमत छ । एमालेको निर्णय कार्यान्वयन नहुने सम्भावना रहेको नेताहरु बताउँछन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19