
डोटीमा एक महिलामाथि प्रज्वलनशील पदार्थ छर्केर जिउँदै आगो लगाइएको छ । आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकि वर्ष २८ कि लक्ष्मी भाट आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हो ।

राती करिब १२.३० बजेको समयमा भाटको शरीरमा आगो लगाइएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनलाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याईरहेको प्रहरीले जनाएको छ ।
प्रज्वलनशील पदार्थ पेट्रोल हो वा मट्टीतेल, त्यो खुल्न नसके पनि प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालको टोली घटनास्थल पुगेको र अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्र बहादुर मल्लले जानकारी दिए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 6:42
2021/01/01, 12:16
2022/08/22, 1:34
2023/12/25, 5:17
2021/08/26, 10:00