
अर्थ मन्त्रालयले आइसीयु र भेन्टिलेटरका लागि सुदूरपश्चिम प्रदेशका तीन अस्पताललाई ९ करोड ६० लाख बजेट सुनिश्चित गरेको छ । कोभिड-१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई ६ करोड ,डडेलधुरा अस्पताललाई १ करोड २० लाख , महाकाली अस्पताललाई २ करोड ४० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरिएको अर्थमन्त्री बिष्णु प्रसाद पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।

उनका अनुसार सुदूर पश्चिमका यी तीन अस्पतालसगै देशभरका ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गर्दै आएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28