
युवा परिषद् सुदुरपश्चिम प्रदेशको कार्यकारी उपाध्यक्षमा युवराज कुवंर नियुक्त भएका छन् । प्रदेश सरकारले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो ।
युवाहरू माझ लामो समय देखि सक्रिय कुवंर आगामी ४ बर्षका लागि परिषदको कार्यकारी उपाध्यक्षमा नियुक्त भएका हुन । नवनियुक्त कार्यकारी उपाध्यक्ष कुवंरले आगामी कार्यकालमा युवालाई स्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए ।
उनले युवाहरूलाई नेतृत्व तहमा र नितिगत रुपमा निर्णय प्रक्रियामा सहभागी गराउने प्रक्रियामा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । कुवंर नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन ।
प्रदेश सरकारले प्रदेशमा रहेका युवाहरुका क्षेत्रमा काम गर्ने उदेश्यका साथ परिषद् गठन गरेको हो । सामाजिक बिकास मन्त्रालयका मन्त्री अध्यक्ष रहने परिषदमा कार्यकारी भुमिका उपाध्यक्षलाई दिने व्यवस्था रहेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/01, 1:09
2024/11/19, 1:12
2021/06/22, 10:21
2022/02/20, 10:10
2020/06/24, 6:46