
प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले स्पष्टीकरणको जवाफ दिएका छन् । मन्त्री शाहले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोधेको तीन बुँदे स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।

मन्त्री शाहले कोरोना भाइरसको महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिदा जनताप्रतिको दायित्वबाट बिमुख भएको ठहर हुने हुँदा समर्थन जारी राख्दै प्रभावकारी भूमिका खेल्ने निर्णय भएको बताएका छन् ।
उनले आफुले गरेको निर्णय नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभादलको बिधान सम्मत रहेको बताएका छन् । बिहीबार प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टलाई एमाले सुदूरपश्चिमले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

तपाईको प्रतिक्रिया
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 2:16
2020/12/25, 5:23
2021/07/31, 10:25
2022/04/28, 3:52
2023/05/28, 11:49