प्रेसिडेन्ट कप च्याम्पीयन धनगढीको स्टार सिटीले पुरस्कार रकम पाएन
2021/06/05, 11:30
 
dd

गत चैत १५ गते नेपालगन्जमा एन्फा प्रेसिडेन्ट लिग सम्पन्न भएको भएपनि च्याम्पीयन धनगढीको स्टार सिटी युवा क्लबले अझै पुरस्कार रकम पाउन सकेको छैन् । लिगमा अपराजित हुँदै स्टार सिटी युवा क्लब कैलाली च्याम्पियन बनेको थियो ।

६ खेल खेलेको स्टार सिटीले ५ खेलमा जित र एक खेल बराबरी खेल्दै १६ अंक जोडेर लिगको च्याम्पियन बनेको थियो । च्याम्पियन बनेको स्टार सिटीले १० लाख पुरस्कार पाउनु पर्ने हो । तर, प्रतियोगिता सकिएको ढाई महिना हुन लाग्दा समेत एन्फाले विजेता टोलीलाई पुरस्कार राशी उपलब्ध गराउन सकेको छैन् ।

‘हामी च्याम्पियन बनेको दुई महिना भइसक्यो । तर, एन्फाले पुरस्कार राशी उपलब्ध गराउन सकेको छैन्,’ च्याम्पियन क्लबका अध्यक्ष कुमार शाहीले भने, ‘हामीले बारम्बार एन्फालाई जानकारी गराइरहेका पनि छौ । तर, खै के कागजात मिलाउँदै छौ । कागजात मिलेपछि दिन्छौ भनेको थियो । अहिलेसम्म पाएका छैनौ ।’

च्याम्पियन टोलीले च्याम्पियन बने लगत्तै समापन समारोहमा पुरस्कार बापतको रकम पाउनु पर्ने हो । तर, च्याम्पियन टोलीलाई डमी चेक मात्र हस्तान्तरण गर्दै उधारो पुरस्कार राख्ने नेपाली खेलकुदको परम्परा नै छ । यसले खेलाडी मात्रै नभई क्लबको भावनामा समेत ठेस पुग्ने स्टार सिटीमा अध्यक्ष शाहीले बताए । ‘कुनै प्रतियोगिताको च्याम्पियन बने बापत विजेतालाई दिने पुरस्कार राशी समापन समारोहमा नै दिनु पर्ने हो । पुरस्कार पुर्व निर्धारित हुन्छ । यसका लागि कागजातका कुरा कहाँबाट आए,’ उनले प्रश्न गरे, ‘ट्याक्सका कुरा आउछन् भने त्यो आयोजकको विषय हो । हामीले ट्याक्स तिर्ने हो भने पुरस्कार राशी आयो भने हामी तिर्छौ । दुई महिनासम्म पुरस्कारका लागि कागजात मिलाउँदै छौ भन्नु आफैमा हास्याँस्पद भएन ।’

यता एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले क्लब रिन्यु, वार्षिक आयव्याय र नगरपालिकाको रिपोर्ट लगायतका कागजात नआएकाले पुरस्कार राशीमा ढिलाई भएको बताए । उनले कुनै क्बल रिन्यु नभएको खण्डमा पुरस्कार राशी दिन नमिल्ने जानकारी दिए । अध्यक्ष शेर्पाले आयोजकले प्रतियोगिताको सम्पूर्ण रिपोर्ट नबुझाएकाले पनि पुरस्कार राशीमा ढिलाई भएको हुन सक्ने जानकारी दिए ।

‘प्रतियोगितामा आर्थिक र प्राविधिक कमिटि हुन्छ । त्यसले तयार पारेको रिपोर्ट आयोजकले एन्फालाई बुझाउनु पर्ने हो । त्यो रिपोर्ट पुगेको छैन्,’ एन्फा अध्यक्ष शेर्पाले भने, ‘अर्को कुरा नयाँ रिन्यु गरेको र नगरपालिको सिफारिश, प्रदेश संघको सिफारिस पनि क्लबले एन्फामा बुझाउनु पर्छ । त्यो आधिकारिक क्लब हो कि हैन,  रिन्यु भएको छ कि छैन्, प्रमाणित गराउनका लागि क्लबले आफ्नो वार्षिक रिपोर्ट नबुझाउनस पर्छ, त्यो नबुझाएको होला ।’

वार्षिक आयव्यय र रिन्युनै नगरेका क्लबलाई प्रतियोगितामा खेल्नु किन दिनु भएको भन्ने प्रश्नमा उनले भने, त्यतिबेला हतार थियो । हतारमा हामीले प्रतियोगिता सम्पन्न गर्न तिर लाग्यौ । अर्को विषय जिल्ला लिगबाट प्रदेश लिगसम्म च्याम्पियन बनेको क्लबलाई खेलाउँदैनौ भन्न पनि मिलेन् ।’

एन्फाले प्रतियोगिता तयारीका लागि प्रत्येक क्लबलाई ७ लाख दिने निर्णय गरेको थियो । तर, क्लबले ५ लाख मात्र पाएका छन् । तयारी स्वरुप पाउने बाँकी रहेको दुई लाख क्लबले प्रतियोगिताका दौरान खर्च भएको विवरण बुझाएपछि मात्रै पाउँछ । तर, एन्फाले पुरस्कारका लागि प्रतियोगिताका दौरान क्लबले गरेको खर्च विवरण समेत मागेको छ । एन्फा अध्यक्ष शेर्पाले पुरस्कार पाउनका लागि प्रतियोगिता तयारीका दौरान भएको खर्च विवरणको रिपोर्ट समेत बुझाउनु पर्ने बताए ।

एन्फाले विजेता र उपविजेताको मात्र नभई व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार उपलब्ध गराएको छैन् । विधागत रुपमा उत्कृष्ट बनेका स्टार सिटीमा खेलाडीले बारम्बार आफुलाई पुरस्कारको बारेको सोधी रहेको क्लब अध्यक्ष शाहीले जानकारी दिए । यता एन्फा अध्यक्षले आयोजकको रिपोर्ट र क्लबको कागजात नआएसम्म व्यक्तिगत विधाका खेलाडीलाई समेत पुरस्कार दिन नमिल्ने बताए । उनले सबै पुरस्कार क्लबको आधिकारिक कागज पत्रमा अल्झिएको जानकारी दिए ।

‘व्यक्तिगत विधामा उत्कृष्ट बनेका खेलाडीले मलाई सधै सोधी रहेका हुन्छन् । उनीहरुलाई समेत एन्फाले पुरस्करा उपलब्ध गराएको छैन्,’ उनले भने, ‘यस्तो महामारीका बेला त्यही पुरस्कार राशी पाए पनि खेलाडीका लागि केही राहत हुन सक्थ्यो । खेलाडीका लागि एन्फाको नत कुनै राहत नै छ । समस्यामा परे मलाई भन्नु म व्यक्तिगत रुपमा सकेको सहयोग गर्नेछु भनेको छु ।’

1

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक स्टार सिटीका टेकेन्द्र सिह थापा, उत्कृष्ट डिफेन्डर स्टारकै धनराज थापा, उत्कृष्ट मिडफिल्डर स्टारकै राजेन्द्र रावल, उत्कृष्ट स्ट्राइकर धम्बोझीका निशान लिम्बु र उत्कृष्ट प्रशिक्षक स्टारकै ललित चन्द्र घोषित भएका थिए । उनीहरुले समान रुपमा जनही २५ हजार पाउने एन्फाले जनाएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टार सिटीका रुपबहादुर विष्ट घोषित भएका थिए । उनले ५० हजार प्राप्त गर्नुपर्ने हो । तर, अहिलेसम्म पाएका छैनन् । प्रतियोगिताको समापन समारोहमा खेलाडीलाई डमी चेक हस्तान्तरण गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतका व्यक्तित्व त्यहाँ पुगेका थिए ।
‘पछिल्लो एक महिना बन्दाबन्दीले खायो । तर, प्रतियोगिता सकिएको एक महिनासम्म त पुरस्कार दिन सक्थ्यो । अहिले बन्दाबन्दी जारी छ । काम भइरहेको छ । दिन्छौ भनेर भनेका छन् । बन्दाबन्दीमा धेरै बोल्न पनि नहुने,’ क्लब अध्यक्ष शाहीले भने ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक स्टार सिटीका टेकेन्द्र सिह थापा, उत्कृष्ट डिफेन्डर स्टारकै धनराज थापा, उत्कृष्ट मिडफिल्डर स्टारकै राजेन्द्र रावल, उत्कृष्ट स्ट्राइकर धम्बोझीका निशान लिम्बु र उत्कृष्ट प्रशिक्षक स्टारकै ललित चन्द्र घोषित भएका थिए । उनीहरुले समान रुपमा जनही २५ हजार पाउने एन्फाले जनाएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टार सिटीका रुपबहादुर विष्ट घोषित भएका थिए । उनले ५० हजार प्राप्त गर्नुपर्ने हो । तर, अहिलेसम्म पाएका छैनन् । प्रतियोगिताको समापन समारोहमा खेलाडीलाई डमी चेक हस्तान्तरण गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतका व्यक्तित्व त्यहाँ पुगेका थिए ।