कञ्चनपुरमा अवैध काठसहित एक जना उद्योग सञ्चालक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवाका हुनैनाथ फर्निचर उद्योगका सञ्चालक २६ वर्षीय रमेश भट्ट पक्राउ परेका हुन् ।
उद्योगमा इजाजत बिनाका अवैध काठका सर सामान बनाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा ३४०।४१ क्युफिट आँप, टुडी, मसाला र सिसमलगायतका अवैध काठ फेला पारेको प्रहरीले बताएको छ । सो काठ बरामद गरी सञ्चालक भट्टलाई थप अनुसन्धानको लागि जिल्ला सव डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।
यस्तै बेलौरी नगरपालिका (४ नयाँ रिछाहास्थित ग्राभिल सडकखण्डमा बेवारिसे अवस्थामा अवैध सालको काठ गोलिया पाँच थान ८।४७ क्युफिट बरामद गरिएको उनले बताए ।
2025/01/16, 7:07
2025/01/16, 7:06
2025/01/16, 7:04
2025/01/16, 7:03
2025/01/16, 7:02
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/13, 10:38
2022/12/07, 5:53
2024/05/12, 3:23
2021/06/09, 3:02