कैलालीमा बस र अटो ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
2020/03/14, 5:27
 
ato

कैलालीमा बस र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा चारजना घाइते भएका छन् । शनिवार गोदावरी नगरपालिकाको चौकीडाँडामा पश्चिमबाट पूर्व तर्फ गइरहेको ना ४ ख ४५२८ नम्वरको बस र विपरित दिशाबाट आइरहेको से १ ह २११४ नम्वरको अटो एकआपसमा ठोक्किँदा अटोमा सवार एक जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी गोदावरी नगरपालिका वडा नम्वर ६ का ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ । गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

सोही ठाउँका ५० वर्षीय नखरी कोली, २५ वर्षका अर्जुन कोली र २५ वर्षकी दुर्गा कोली घाइते भएका प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

अटो चालक गोदावरी नगरपालिका वडा नम्वर १ विजयनगरका २५ वर्षिय मानवहादुर विक पनि घाइते भएका छन् । उनीहरु सबैको पदमा अस्पतालमा उपचार भइरहेको छ । बस चालक डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर ५ बस्ने २४ वर्षीय दिपकराज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।