सेती अस्पतालमा कार्यरत कार्यालय सहयोगीको कोरोना संक्रमणबाट मृत्यु
2021/06/11, 11:58
 
seti

धनगढी : सेती प्रादेशिक अस्पतालमा कार्यरत कार्यालय सहयोगीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

संक्रमण भएपछि जेठ २५ गते अस्पतालमा भर्ना भएकी ४२ वर्षीया  महिलाको शुक्रबार  बिहान ५ बजेर १५ मिनेट मृत्यु भएको सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेयले समवेना जारी गर्दै उल्लेख गरेका छन् ।

सूचना अधिकारी दिलिपकुमारश्रेष्ठका अनुसार जेठ २४ गते कोरोना संक्रमण पुष्टि भएपछि २५ गते उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।