सुदूरपश्चिमकी राधा ७ महिनादेखि भारतको अस्पतालमा, सहयोगका लागि अपिल
2021/06/17, 5:55
 
kk

श्रीमानसँगै रोजगारीका लागि अछामबाट भारत गएकी ३३ बर्षीया राधा रावल विगत ७ महिनादेखि अस्पतालमा भर्ना छिन् । मुम्बईमा दैनिक मजदुरी गरेर जिविकोपार्जन गरिरहेका बेला राधालाई एक्कासी क्यान्सर देखा परेपछि ७ महिनाअघि भारतमै उपचार गराइरहेको उनका श्रीमान तपेन्द्र रावलले बताए । अहिले राधाको मुम्बईस्थित टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार जारी छ । क्यान्सर जस्तो प्राणघातक रोग भएकोले चिकित्सकले तुरुन्तै शल्यक्रिया गर्न सल्लाह दिएको तर त्यसका लागि आफुसँग रकमको निकै अभाव भएको श्रीमान तपेन्द्रको भनाई छ । 

 राधाको अप्रेशनका लागि झन्डै १० लाखसम्म रकम लाग्ने चिकित्सकले बताएका छन् । उनको उपचारका लागि सहयोग गर्न परिवारले नेपाल तथा भारतका केही बैंकमा खोलेको खाता नम्बर समेत सार्वजनिक गरेको छ । नेपालबाट उपचारमा सहयोग पठाउन इच्छुक दाताहरुले रावलका हजुर बुवा भीमबहादुर रावलको काठमाडौ नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १४२०१०००२३३६१०१० र काका कमल कुमार रावलको अछाम मंगलसैनस्थित ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर व९०७०१००००१४० मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ । त्यस्तै श्रीमान तपेन्द्र रावलको गुगल पे नम्बर ९८२०९७०४६१ ९भारत० तथा रावलको उपचारमा संलग्न देवर गोकर्ण रावलको खाता नम्बर ५०१००३८६३१८६२९ मा सहयोग रकम जम्मा गर्न सकिने पनि बताइएको छ ।