
धनगढीः धनगढीकी वर्षा साउँदले ओटीडव्लु वल्र्ड च्याम्पियनसिपमा रजत पदक जितेकी छिन् । युरोपको माल्टामा भएको कुमुते (फाइट) अनलाइन च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै बर्षाले दोस्रो स्थान पाउन सफल भएकी हुन् । ललित खत्रीले प्रशिक्षणमा खेल्दै आएकी धनगढीकी साउँदले काता अनलाइन च्याम्पियनसिपमा भने कास्य पदक जितेकी छिन् । २३ वटा देश सहभागिता रहेको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै धनगढी कराते एकेडेमीकी खेलाडी साउदले तेस्रो स्थान अर्थात कांस्य पदक दिलाएकी हुन् । बर्षाले यस अघि पनि अनलाईन कातामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भएकी थिइन् ।


2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/07/31, 6:02
2022/04/30, 10:49
2022/08/09, 5:49