सुदूरपश्चिम प्रदेशमा घट्दै कोरोना संक्रमण दर
2021/06/22, 8:35
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर घट्दै गएको छ । पछिल्लो केही दिनयता संक्रमण दर ओरालो लागेको हो । मंगलबार २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । कैलाली र बैतडीका १÷१ जनाको मृत्यु भएको हो । प्रदेशमा यसअघि एकै दिनमा ३१ ज्नासम्मको मृत्यु भएको तथ्यांक रहेको छ । 
यस्तै मंगलबार १६० जना संक्रमित निको भई घर फर्किएका छन । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा १४१ नमुना पीसीआर तथा प्रदेशभरि ६ सय ७८ नमुना एन्टिजेन विधिबाट परीक्षण भएका छन । यी दुवै विधिबाट गरिएको परीक्षणमा ८० जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६३ जनाको नमूना परीक्षण गर्दा २१ जना, महाकाली अस्पतालमा १३ नमुना परीक्षण गर्दा ४ जना, डडेल्धुरा अस्पतालमा ८ जनाको नमूना परीक्षण गर्दा २ जना, डोटीमा अस्पतालमा ११ जनाको नमूना परीक्षण गर्दा ४ जना र बैतडी अस्पतालमा ४६ जनाको नमूना परीक्षण गर्दा २  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । 

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५६ हजार २२१ नमुना परीक्षण गर्दा ४३ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको छ भने ५६९ जनाको मृत्यु भएको छ ।