सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका स्वकीयले योजना हालिदिने भन्दै डेढ लाख असुली गरेको आरोप
2021/06/23, 10:44

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका स्वकीयले योजना हालिदिने भन्दै कमिसन खाएको आरोप लागेको छ । मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ र रमेश जोशी ‘ ‘सैपाल’ले डेढ लाख कमिसन खाएको तर योजना नहालेको आरोप लागेको हो ।

शिखर नगरपालिका -११ का युवा जगन्नाथ बलायरले योजना हालिदिने भन्दै आफू बाट स्वकीय सचिव प्रख्यातले सुरुमा ५० हजार त्यसपछि ३० हजार र सैपालले ५० हजार र अन्य खर्च गरी डेढलाख लिएको फेसबुकमा उल्लेख गरेका छन् ।

बलायरले उक्त रकम फिर्ता नगरे अरु ठाउँका योजनाको पनि कमिसन खुलाई दिने बताएकाछन्। मुख्यमन्त्री, स्वकीय सचिव र प्रदेश सरकारले विगत देखिनै योजना बेच्दै आएको आरोप लाग्दै आएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11