‘खेलकुदको ८० प्रतिशत बजेट काटिदा मैले नबोले कस्ले बोल्ने ?’
2021/06/23, 12:01
 
dd

सुदूरपश्चिम प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट घटाउँदै लगेको छ । आगामी आर्थिक बर्षको बजेटमा खेलकुद प्राथमिकतामा नपरेपछि सामाजिक विकास मन्त्रालय मातहतका खेलकुद संरचना सञ्चालन गर्न समेत मुस्किल हुने देखिएको छ । सुदूरपश्चिम प्रदेशले खेलकुद पूर्वाधार, खेलकुद प्रतियोगितालाई समेटेर सात करोड १० लाख बजेट विनियोजन गरेको छ ।

चालू बर्षमा खेलकुद क्षेत्रका लागि १२ करोड बढि बजेट थियो । प्रदेश सरकारले असार १ गते प्रदेशसभामा पेश गरेको बजेटमा खेलकुदको माध्यमबाट प्रदेशमा स्वस्थ र अनुशासित तथा युवा जनशक्ति उत्पादन गर्न प्रदेश सभाका हरेक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान निर्माण एवं स्तरोन्नति गर्न तीन करोड २० लाख बजेट विनियोजन गरेको उल्लेख छ । चालू बर्षका लागि सोही शिर्षकमा ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

यस्तै, मुख्यमन्त्री खेलकुद तथा अन्य खेलकुद प्रतियोगिताका साथै खेल क्षेत्रको समग्र विकास र खेलप्रति आकर्षण बढाउनका लागि तीन करोड ९० लाख बजेट विनियोजन गरिएको छ । चालू बर्षका लागि सोही शिर्षकमा एक करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । खेलाडीको वृत्ति विकास तथा सम्मानका लागि प्रदेश स्तरमा खेलाडी कल्याणकारी कोष सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । तर सुदुरपश्चिम प्रदेशको खेलकुद विकास गर्नका लागि गठन गरिएको सुदुरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह प्रदेश सरकारले खेलकुदलाई छुट्टाएको बजेटप्रति असन्तुष्ट रहेका छन् । उनले विभिन्न निकायहरु मन्त्रालय मन्त्रीहरु तथा सचिव लगायतकलाई हारगुहार गर्दा पनि बजेट पाउन नसकेको भन्दै बजेट आएदेखि नै असन्तुष्टि जनाउँदै आएका छन् । उनले खेलकुद क्षेत्रलाई उपेक्षा गरेको भन्दै सामाजिक सञ्जालमा निरन्तर लेख्दै आएका छन् । 

आफुले सामाजिक सञ्जालमा लेखिरहँदा कतिपयले टिका टिप्पणी गरिरहेको उल्लेख गर्दै उनले मंगलबार लेखेको स्टाटस यस्तो छ– ‘कसैलाई लाग्दो यस्ले यति रोइलो नगरेको भए पनि हुन्थ्यो मैले फेसबुकमा मात्र लेखेको होला होईन  मेरो एक महिना रातदिन लगाएर बजेट बनाएको, बजेट बनाउन धेरै साथीहरुको मिहेनत छ । इन्जिनियर, खेलकुदका कर्मचारी, खेल संघ, प्रशिक्षक, खेलप्रेमी सबैको संयुक्त सबै गेमको स्टीमेट कुन गेममा कति खर्च लाग्छ ? पालिका जिल्ला हुदै प्रदेशको टिमसम्म सहितको योजना बनाइए । मुख्य मन्त्री कप, सहिद भिमदत्त पन्त  भलिबल प्रतियोगिता, द्वारिकादेवी महिला क्रिकेट, सहिद दसरथ चन्द बक्सिङ प्रतियोगिता, सहिद गोबिन्द गौतम फुटबल प्रतियोगिता, सभामुख कप, पारा खेल साहासिक खेल, उसु, कराते, तेक्वान्दो कबडी, परम्परागत खेल जस्ता विभिन्न कलब संघ सस्था हरुलाइ अनुदान खेलाडी प्रशिक्षक विशेष प्रशिक्षण लगायतका खेल योजना कुनै नसमेटिनु परिषद्ले पेस गरिएको योजना  फाप्ला क्रीकेट रंगशाला  टिकापुर स्पोर्ट्स एकेडेमी, धनगढी रंगशाला फुटबल मैदान, महेन्द्रनगर रंगशाला लगायत योजना काटिनु पहिलेको बजेटभन्दा ८० % बजेट कम दिनु अनि भएको निर्माणका सबै योजना समाजिक कार्यालयलमा हालिनु अनि म चाहिँ हेरेर बस्नुपर्ने मैले नबोले कस्ले बोल्ने ?’

1
खेलकुद परिषद्का लागि मात्रै प्रदेश सरकारले दुई करोड ३७ लाख बजेट छुट्टाएको छ । त्यसमा पनि मुख्यमन्त्री कप आयोजना गर्न एक लाख, डिपिआरको लागि ५० लाख खेलाडी बिमाका लागि १० रहेको छ । बाँकी रकमले के गर्ने भन्दै उनले खेलकुदको योजनामा तुसारापात गरेको उल्लेख गरेका छन् ।

1

सदस्य सचिव सिंहको अर्को स्टाटसमा भनिएको छ– ‘टिमका कुरा गर्दा थ्याउ त उहिले तमि जवान हरु अहिले त सबै तम्म्रा छन् कति पायौं ए मुख्याउ बजेट ?’

1
सात वटा प्रदेशमध्ये सबैभन्दा कम रकम सुदुरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको छ । गण्डकी प्रदेशमा ५५ करोड, कर्णाली प्रदेशमा ५९ करोड , लुम्बिनी प्रदेशमा ३५ करोड, बागमती प्रदेशमा ९० करोड बजेट हुँदा सुदूरपश्चिम प्रदेशमा खेलकुद बजेट जम्मा ८ करोड छ । त्यसमा पनि खेलकुद परिषदले सञ्चालन गर्ने बजेट दुई करोड ३७ लाख मात्रै रहेको छ । खेलकुदका माध्यमबाट प्रदेशको मुहार फेरेको चाहाना राख्ने खेलकुदप्रेमी खेलाडीको सपनामा कुठाराघात गरेको महसुश भएको सदस्य सचिव सिंहले बताए ।

1

उनले वर्तमान प्रणालीका कारण र आफुले कमिसन पाउने योजना र बजेट बढी हालिएको उनको आरोप छ । उनले आक्रोख पोख्दै अर्को स्टाटसमा लेखेका छन्–‘सराध्यमा दक्षिणा नपाउने निश्चित देखिएपछि पुरोहित बाजेले बजै परसरेको बाहाना गरि सराध्य नगरी एउटा गरिबले नागरिकको धार्मिक सामाजिक प्रचलनको धोज्जी उडाउन खोज्ने बाजे नै बिस्तारै समाजबाट बिस्तापित भए, रजस्वला हुनु अगाडि पेट दुख्ने नारीहरुलाइ मेरै छ्ल हो भनी नारी कुटपिट गर्ने धामीझाँक्रीहरु बिस्तारै बिस्तापित भए म नै राज्ज हु भन्ने लुई चौधौंउ लाई जनताले घोडाबाट लडाए, जाहानिया राणा शासन ढलाए, पन्च हरुको बिगबिगी ढलाए राजतन्त्रको अन्ते गरे झै तिमी जस्ता कमिसन खोर भ्रष्टहरुलाइ पनि एक दिन जनताले हिसाब किताब गर्नेछन् । बजेट ।’

1
उनले लेखेका स्टाटसमा धेरै खेलकुदप्रेमी खेलाडी र खेलकुदमा लागेकाहरुले समर्थन गर्दै प्रदेश सरकारले खेलकुद क्षेत्रमा ल्याएको बजेटको चर्को आलोचना गरेका छन् । सदस्य सचिव सिंहको स्टाटसमा आफ्नो भनाई राख्दै नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दले लेखेका छन्– ‘यस्ता हावादारी बजेटले हामी सुदुरपश्चिम प्रदेशको मुहार फेर्ने सपना देख्छौ अनि प्रदेशमा हामीले उत्पादन गरेका खेलाडी सुटुसुटु बिभागिय टोलीबाट किनिन बाध्य हुन्छन । अहिले नेपालकै तिनै बिभागिय टोलीको तथ्यांक निकाल्दा ६७% खेलाडी सुदुरपश्चिमका खेलाडीहरुको बाहुल्यता छ अनि हाम्रो प्रदेश सरकार कानमा तेल हालेर बसेको छ । अन्य प्रदेशमा ५० औ करोड खेलकुदमा छुट्याउदा मेरो प्रदेशमा २ करोड अनि हाम्रो प्रतिस्पर्धा तेहि ५० करोडवाला सँग नै हुने हो अनि के खाले बिकास हुन्छ सुदुरपश्चिम खेलकुदको । अब प्रदेशको प्रादेशिक खेल गुच्छा बनाउने कि ?’

सिंहले निरन्तर लेखिरहेका स्टाटमा बजेटको विरोध र आक्रोस व्यक्त भईरहेको छ । कैलाली जिल्ला फुटबल संघका महासचिव ओम प्याकुरेलले लेखेका छन्– ‘अवश्य वोल्नपर्छ दाजु । सुप प्रदेशको खेलकुद विकासको जिम्मेवारी पनि दिने, काम गर्नका लागि आवश्यक सहयोग पनि नगर्ने यो त दोहोरो चरित्र भयो मन्त्रालयको । भनिन्छ नि हलो अटकाएर गोरु चुट्ने ।’ प्रदेश खेलकुद परिषदकै पदाधिकारी र मातहतका जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुले पनि बजेट प्रति आलोचना व्यक्त गर्दै आफ्ना विचार व्यक्त गरेका छन् । कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेतले लेखेका छन्–‘कित जिम्मेवारी दिनु हुदैन जिम्मेवारी दिए भने पुर्ण विश्वास गरिनु पर्दछ । हामी त हस्ताक्षर मात्र गर्ने भए त्यो जिम्मेवारी पनि मन्त्रालयले लगे भै गोनि । खेलकुदलाई हेप्नु भनेको धेरै कुरा गुमाउनु हो यो समयले बताउँछ लेखेर के गर्नु परिणाम देखाउनुपर्छ । हामी तपाईको साथमा छौ ।’

4

सदस्य सचिव सिंहलाई समर्थन र सहयोग गर्दै धेरै जनाले स्टाटस पनि लेखेका छन् । सुदुरपश्चिम–११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले स्टाटस नै लेखेका छन् । उनले स्टाटसमा भनेका छन्–‘ सबै खेल्कुद प्रेमी ज्युहरु, विभिन्न खेलकुद संघहरु, खेलाडी प्रशिक्षक र विभिन्न क्लबहरु हामी किन चुप ? प्रदेश खेलकुद परिषद समग्र खेलकुदमा क्रियाशिल खेलाडी तथा संघ संस्थाको अभिभावक हो, परिषद र परिषदको नेतृत्वलाई नै कमजोर पार्ने गरी मन्त्रालयवाट विनियोजन भएको वजेट निरासाजनक छ । खेल्कुदलाई नै हेप्ने काम भएको छ । यसको चौतर्फी विरोध हुन आवश्यक छ  । सक्छौं भने सल्लाह गरम यो बर्ष कुनै पनि खेलकुदका प्रतियोगिता आयोजना नगरौं या अन्य तरिकाले बिरोध गरौं । खेलकुदका बास्सा भनेहरु किन चुप ? यो प्रदेश खेलकुद एउटा ब्यक्तिको होइन यो सुदुरपश्चिमका सम्पुर्ण खेलाडीको भबिष्य हो । कृपया खेलकुदमा राजनिती नगरौं । मन्त्रालयका सचिवलाई पनि खबरदारी गरौं । मुख्यमन्त्री अर्थमन्त्री र सामाजिक बिकास मन्त्रीलाई पनि खबरदारी गरौं । खेलाडीसँग खेलवाड गर्ने जो कोहीलाई पनि  अधिकार छैन । हामी खेलकुद प्रेमी कसैको चम्चा नबनौ । हातेमालो गरेर अगाडि जाने काम गरौं ।’ 

4