सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्दै दार्चुलामा १० दिन निषेधाज्ञा थपियो
2021/06/23, 4:12

दार्चुलामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्दै १० दिन निषेधाज्ञा थपिएको छ । बुधवार बसेको जिल्ला कोभिड- १९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्लामा चल्ने सवारी साधनलाई जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी चल्न दिने निर्णय गरेको हो ।

सवारी चालक तथा सह चालकहरूले एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट देखाएर मात्र सवारी साधन चलाउन पाउनेछन् । सवारी साधनमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सिट क्षमता अनुसार सवारी राख्न पाउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।
बुधवार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिति दार्चुलाको बैठकले निषेधाज्ञालाई थप १० दिन लम्ब्याउन सिफारिस गरेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11