सेती अस्पतालमा बुधबार कोरोना परीक्षण शून्य
2021/06/23, 4:24
 
dd

बुधबार सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ । अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताएका हुन्।

पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना डिस्चार्ज भएका छन् भने थप २ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा २० जना संक्रमित उपचाररत छन्।

जसमध्ये २ जना भेन्टिलेटर, ४ जना आईसीयू, ९ जना अक्सिजनको सर्पोटरमा उपचाररत छन  । ५ जनाको अवस्था भने सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए।