सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि हुँदा १०८ जना निको, एक जना संक्रमितको मृत्यु
2021/06/23, 6:11
 
dd

सुदूरपश्चिम प्रदेशमा १०८ जना संक्रमित निको भई घर फर्किएका छन । पछिल्लो २४ घण्टामा उनीहरु कोरोना जितेर घर फर्किएका हुन् । यो अवधिमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ३१ नमुना पीसीआर तथा प्रदेशभरि ७ सय ५२ नमुना एन्टिजेन विधिबाट परीक्षण भएका छन । यी दुवै विधिबाट गरिएको परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।

महाकाली अस्पतालमा ११ नमुना परीक्षण गर्दा ४ जनामा, डडेल्धुरा अस्पतालमा १६ जनाको नमूना परीक्षण गर्दा ४ जना र कमल बजार प्रयोगशालामा ४ जनाको नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ । 

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५७ हजार ३६८ नमुना परीक्षण गर्दा ४३ हजार ३४५ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरका एक जनाको मृत्यु भएको हो । योसँगै सुदुरपश्चिममा हालसम्म ५७० जनाको मृत्यु भएको छ ।