
कञ्चनपुरमा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका – ५ रामनगर बस्ने २५ वर्षीय प्रमीला बोहराको सर्पको टोकाइबाट मृत्यु भएको बताइएको छ ।

बुधबार दिउँसो नजिकैको सामुदायिक वनमा गएको बेला सर्पले डसेपछि अपराह्न उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा बुधबार साँझ उनको मृत्यु भएको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीका प्रशासन प्रमुख गोविन्द बहादुर बिष्टले जानकारी दिए ।

एन्टी स्नेक भेनम औषधी समेत दिई उनको उपचारका लागि स्वास्थ्यकर्मीहरूले भरपुर प्रयास गरेपनि अवस्था जटिल भएकोले अन्यत्र पठाउने तयारी गर्दै गर्दा बोहराको ज्यान गएको बिष्टको भनाइ रहेको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11