
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको नयाँ वरियतामा नेपाली महिला टिमले १ स्थान सुधार गरेको छ । नेपाल १ स्थान सुधार गर्दै १०० औं स्थानमा उक्लिएको हो । यता एसियाली वरियतामा भने नेपाल २१ औं स्थानमा अवस्थित छ ।

नेपाल दक्षिण एसियाली राष्ट्रमा दोस्रो स्थानमा छ । नेपालभन्दा अगाडि ५७ औं स्थानमा भारत छ । नेपालभन्दा पछि बंगलादेश १३७, श्रीलंका १४३, माल्दिभ्स १४४ र भुटान १६१ औं स्थानमा रहँदा पाकिस्तान भने वरियतामा अटाउन सकेको छैन ।
अमेरिका, जर्मनी, फ्रान्स, नेदरल्यान्ड, स्विडेन, इङ्ल्यान्ड, ब्राजिल, क्यानडा, अस्ट्रेलिया, जापान क्रमश वरियताको शीर्ष देखि १० औं स्थानमा छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04