नयाँ कीर्तिमानसहित इटाली युरो कपको क्‍वाटरफाइनलमा
2021/06/27, 9:27
 
aa

अस्ट्रियामाथि २-१ को जित दर्ता गर्दै इटाली जारी युरो कप २०२० को अन्तिम आठमा प्रवेश गरेको छ । खेल जित्‍न इटालीले एक्स्ट्रा टाइम सम्म पर्खनु परेको थियो । इटालीले ८५ औ मिनेटमा फेडेरीको किएसाको गोलबाट अग्रता लियो ।

त्यसको १० मिनेटपछि विजयी टिम २-० को स्थितिमा पुग्यो । यसपटक गोल गर्ने खेलाडी थिए माटियो पेसिना । ११४ औं मिनेटमा अस्ट्रियाले गोल फर्काउदै खेल खेलमा फर्किने संकेत गर्‍यो ।  तर सासा कालाजडिजको त्यो गोलले अस्ट्रिया लाइ हार बाट जोगाउन सकेन ।

अस्ट्रियामाथि जितसंगै इटालीले अपराजित यात्रालाइ ३१ औ खेल सम्म पुर्‍याएको छ ।  यो नयाँ किर्तिमान हो । सन् १९३५ देखि १९३९ को बिचमा इटाली ३० खेलमा अपराजित थियो । रोबर्टो मान्चिनीले मे २०१८ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि इटालीले दुइ खेल मात्र हारेको छ ।

इटालीले क्‍वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेताको सामना गर्नेछ ।