सीमामा स्वास्थ्य जाँच: वारि चुस्त, पारि सुस्त !
2020/03/14, 5:35
 
sima

रतले नेपाल हुँदै आफ्नो देश प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई सीमामा स्क्यानिङ्ग गरेर मात्र प्रवेश गर्न दिने बताए पनि कैलालीको गौरिफन्टा नाकामा भने त्यस्तो कुनै तयारी देखिँदैन।

भारतले एक जना डाक्टर र एकजना हेल्थ असिस्टेन्ट राखेर नाकामा  स्वास्थ्य जाँच गरिरहेको बताए पनि उनीहरुसँग बिरामी छ वा छैन भनेर जाँच गर्ने कुनै उपकरण नै छैन। 

गौरीफन्टा नाकामा (भारततर्फ) स्थलगतरूपमा बुझ्दा भारततर्फ भने अनुसार काम नभएको पाइयो। त्यहाँ पुग्दा अहेव मात्रै भेटिए। उनलाई डाक्टर कहाँ छ्न् भनेर सोध्दा फोन गर्नु न भन्दै नम्बर दिन खोजे। तर, त्यसै बेला डाक्टर आइपुगे। 

मुखमा मास्क र खुट्टामा चप्पल लगाएका डा. अवदेश गुप्ता आफ्नै भाषामा भन्दै थिए, "चाय पिने गया था"। बिदेशीलाई स्वास्थ्य जाँच गर्ने ब्यबस्था के छ भनेर सोध्दा उनले अहिलेसम्म केही नभएको र माथिबाट कुनै नोटिस नआएको बताए। असन्तुष्ट भावमा देखिएका डा. गुप्ताले सरकारी काम गर्ने शैलीको आलोचना पनि गरे।

सीमामा भेटिएका नेपाल-भारत मैत्री संघ कैलालीका अध्यक्ष हरिशंकर ठाकुरले भारतीय पक्षले ध्यान नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। उनले एस्तो बेलामा सावधानी अपनाउनु पर्नेमा भारतीय पक्षले लापरबाही गरेको भन्दै यस्तो हुन नदिन आफूले पहल गर्ने बताए। 

तर, नेपाल प्रवेश गर्ने सोही नाकामा नेपालतर्फ भने स्वास्थ्यपरिक्षण राम्रैसँग भइरहेको देखिन्थ्यो। नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले दैनिक १ हजार भन्दा बढीलाई चेकजाँच गरिरहेको जानकारी दिए।