विवाहकै भोलीपल्ट श्रीमानसहित ७ जनाले गरे बेहुलीको सामूहिक बलात्कार
2021/06/29, 3:09
 
aa

सीता (नाम परिवरतित) को २२ जुन अर्थात असार ८ गते विवाह भयो । विवाह धुमधाम तरिकाले सम्पन्न भयो ।

विवाह अगाडी सीताका पतिले उनलाई अनेक सपना देखाएका थिए । तर विवहाको २ दिन पछि सीता प्रहरी चौकी जान बाध्य भइन् ।

उनले प्रहरीकोमा उजुरी दिदै उनले भनिन् “म माथि सामूहीक बलात्कार भयो ।” विवाहको २ दिन पछि उनले आफूमाथि सामूहीक बलात्कार र शोषण भएको बताएकी थिइन् ।

उनले उजुरी दिए पछि प्रहरीले अनुसन्धान शुरु गर्यो । साथै विवाहाकै दिन पनि बेहुलाको परिवारले दाहिजो नल्याएको भन्दै अमानविय व्यवहार गरेका थिए ।

घटना भारतको बदायूंको हो ।

सीताका अनुसार उनको श्रीमानसहित ७ जनाले उनको बलात्कार गरेका थिए । सामूहिक बलात्कार पछि उनको श्रीमानले फेरि तातो चिम्टाले प्राइभेट पार्टमा डामदिएका थिए । यो सबै कुकर्म गर्नका श्रीमानलाई उनको नन्द र जेठानीले सघाएका थिए ।

पीडितका अनुसार उनलाई पछि कोकमा विष घोलेर खानपनि दिएका थिए । तर उनले त्यो फ्याली दिएको प्रहरीलाई उजुरु दिँदा बताएकी छिन् ।

सीताको परिवारले पनि प्रहरीकोमा दोषीलाई कडा कारवाहीको माग गरेका छन् । बदायूं प्रहरीले सीताका श्रीमानलाई पक्राउ गरि अनुसन्धान बढाएको छ ।

  • एजेन्सी