धनगढीका गोपीचन्द्र छनोट भएर पनि टोकियो ओलम्पिकको सूचीमा परेनन
2021/07/01, 8:21
 
corona

धनगढीका गोपिचन्द्र पार्कीले टोकियो ओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन्। यसअघि गोपीले नेपालको तर्फबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्ने भनेपनि विश्व एथलेटिक्सले सार्वजनिक गरेको खेलाडी सुचिमा नेपालबाट उनको स्थानमा सरस्वती चौधरीको नाम परेको हो ।

गोपीको नाम सुचिमा नभएपछि उनले ओलम्पिकमा खेल्न नपाउने भएका हुन्। ओलम्पिकको लागि लामो समयदेखि तयारीमा रहेका उनको नाम अन्तिम समयमा आएर नेपाल ओलम्पिक कमिटीकै तयारी सुचिमा नभएपछि उनको सहभागिता नहुने देखिएको हो।

एनओसीकै स्वृकितीमा गत वर्ष नेपालगन्जमा म्याराथनको टोकियो ओलम्पिकका लागि छनोट भएको थियो। त्यसमा गोपी विजयी भएका थिए । तर गोपीको नाम ओलम्पिक खेल्ने सुचिमा नभएपछि संघ र ओलम्पिकका प्रतिनिधिसँगै आज छलफल भएको छ।