जन्मदिनको अवसरमा बोलन्या थलीलाई सहयोग
2020/03/14, 5:37
 
help

नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर ५ कैलालीका सचिव तथा सामाजिक कार्यमा सक्रिय देवेन्द्र जोशीले जन्मदिनको अवसरमा बोलन्या थली धनगढीलाई सहयोग गरेका छन् । पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन अभियानमा सक्रिय बोलन्या थलीलाई जोशीले सहयोग गरेका हुन् । उनले बोलन्या थलीलाई १० हजार नगद सहयोग गरेका हुन् । जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा नगद रकम बोलन्या थलीका संयोजक यादव जोशीलाई हस्तान्तरण गरिएको छ ।

जोशी कैलालीमा आयोजना हुने विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका छन् । उनी सुदुरपश्चिममा पहिलो पटक कपडा वैंक स्थापनाका लागि लागेका थिए । त्यस्तै रक्तदान लगायतका विभिन्न सामाजिक कार्यमा पनि जोशी अग्रसर हुँदै आएका छन् । यस्तै सोही कार्यक्रममा धनगढी उप–महानगरपालिकाले पनि नगद ३१ हजार सहयोग गर्ने घोषणा गरेको छ । उप–महानगरपालिकाका मेयर नृप वडले बोलन्या थलीलाई उप–महानगरपालिकाको तर्फबाट नगद ३१ हजार सहयोग गर्ने घोषणा गरे ।
यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माईतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ भने डोटीमा ७ सय ५० डोका सहित प्रदर्शन र ७ सय ५० नागरिक ७ सय ५० मिनेट अनशन बस्ने कार्यक्रम पनि रहेको छ ।