धनगढीका क्वारेन्टिनमा योग अभ्यास सुरु
2020/06/09, 7:09
 
yog

कैलालीको धनगढी उपमहानगरपालिकाले क्वारेन्टिनमा बसेकाहरुको मनोबल बढाउन योग अभ्यास सुरु गरेको छ । मंगलवारदेखि  उपमहानगरपालिकाको वडा नम्बर १९ देखि योग अभ्यास गराउन सुरु गरिएको छ ।

आत्माबल बृद्धि गर्न र रोगसँग लड्ने प्रतिरक्षा प्रणलीमा बृद्धि गर्ने खालका प्रणायमहरु सिकाउन सुरु गरेको योग प्रशिक्षको फूलवारी  क्षेत्रको जिम्मा पाएका योग संमितिका संयोजक लक्ष्मीराज ओझाले जानकारी दिए ।  उम महानगरपालिकाको बडा नम्बर १४, १८ र १९ मा ९ जना योग प्रशिक्षकहरु सक्रिय रहेको ओझाले जानकारी दिए । 

प्रशिक्षकहरु पालैपालो हरेक विद्यालयमा स्थापना गरेको क्वारेन्टीनहरुमा स्वास्थ्य सर्तकता अपनाउदै योग अभ्यास गराउने गरी तालिका बनाएका छन् । उपमहानगरपालिकाका अन्य वडाहरुमा पनि  विभिन्न योग समिति र  योग गुरुसँग समन्वय गरी योग अभ्यासको तयारी थालिएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बताए । उपमहानगरपालिकाले १९ ओटै वडाहरुमा  स्थापन गरिएका क्वारेन्टीनहरुमा योग अभ्यास गराउने निर्णय गरेको थियो ।