
धनगढीको स्टार सिटी युवा क्लबले क्वारेन्टिनमा वसेकालाई सहयोग गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको पञ्चोदय माविको क्वारेन्टिनमा वसिरहेकाहरुलाई क्लबले सहयोग गरेको हो ।

क्लबका अध्यक्ष कुमार शाहीको नेतृत्वमा क्लबका पदाधिकारी र खेलाडी सहित गएको टोलीले खाद्यान्न सहयोग गरेको हो । एक क्वीन्टल चामल, दाल, तेल, नुन चाउचाउ लगायतका खाद्य सामाग्री दिएको क्लबका अध्यक्ष कुमार शाहीले बताए ।
खेलाडी र खेलकुद क्षेत्रभन्दा सामाजिक काममा पनि लागिरहेकोले भारतबाट फर्किएर क्वारेन्टिनमा वसेकालाई सहयोग गरेको शाहीले बताए । क्लबले विभिन्न सामाजिक काम समेत गर्दै आएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02