
कैलालीमा मोटरसाईकलको ठक्करबाट गाई मरेको छ। गोदावरी नगरपालिका वडा नम्बर २ गेटास्थित मोहनापुल अत्तरिया ६ लेन सडकमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट गाइ घटनास्थलमै मरेको प्रहरीले जनाएको छ।

धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से १ प ८९९५ नम्रको मोटरसाईकल गाइसँग ठोक्किँदा मोटरसाइकल चालकसहित ३ जना घइते भएका छन्।
गोदावरी नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय रोशन कठायत, ३८ वर्षीय खेम भट्ट र ४५ वर्षीय लोकराज भट्ट घइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल भने इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27