
दार्चुलामा ३ किलोग्राम यार्सागुम्बासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्याँस गाउँपालिका–३ सिनाका २४ वर्षीय ग्रेससिंह कुँवरलाई अवैध यार्सागुम्बासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार झोला बोकी हिँडिरहेका कुँवरमाथि प्रहरीलाई शङ्का लागेपछि चेकजाँच गर्दा उनको साथबाट उक्त परिमाणको अवैध यार्सागुम्बा बरामद गरिएको हो ।
यार्सागुम्बासहित कुँवरलाई आवश्यक कारबाहीका लागि बुधवार अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई प्रहरीले जनाएको छ ।

कुँवरसँग यार्सा सङ्कलन पुर्जी पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस वर्ष प्रहरीले एक भारतीयसहित तीन जनालाई अवैध यार्सागुम्बा सहित पक्राउ गरेको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27