दार्चुला प्रशासनले पठायो भारतलाई पत्र, भारतीय एसएसवीले भन्यो–महाकालीको तुइन काटेका होइनौँ
2021/07/31, 10:45
 
bb

दार्चुला जिल्लाको व्यास गाउँपालिका २ मालघाटमा तुइन काटेर जयसिह धामी वेपत्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्रचार गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले डिएम कार्यालय पिथौरागढ र एसडिएम कार्यालय धारचुलालाई सत्यतथ्य छानबीन गर्न पत्रचार गरेको निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्।

भारतीय एसएसबीले तुइन काटेर नेपाली युवकको मृत्यु भएको भन्ने सन्दर्भमा सत्यतथ्य के हो ? भनेर हामीले जानकारी माग गरेका छौं,’ निमित्त प्रजिअ जोशीले भनिन्, ‘अहिलेसम्म भारतीय प्रशासनबाट त्यसको जवाफ आएको छैन्।’

यस्तै घट्नाको विषयमा सत्यतथ्य पत्ता लगाउन सुरक्षाकर्मी खटाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले घट्नाबारे वास्तविकता खुल्न नसकेको बताए। व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा ३५ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता छन्। महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए। 

दार्चुलाको व्यास गाउँपालिका– २ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्ष बल एसएसबीले तुइन काट्दा बेपत्ता भएका भनिएका युवाको खोजी कार्य जारी छ । हिजो सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी मनोहर भट्टका अनुसार महाकाली नदी तर्ने क्रममा ४ जना तुइन पार गरेको र अन्न्तिममा तर्दा एकजना बेपता भएको खबर आएको थियो । 

स्थानीयले एसएसबीले तुइन काट्दा बेपत्ता भएको बताए पनि कोही पनि आधिकारिक रुपमा उजुरी गर्न प्रहरी सम्पर्कमा नआएको डीएसपी भट्टले बताए । उनका अनुसार एसएसबीले तुइन नकाटेको दाबी    गरेको छ । घटनास्थलमा प्रहरी पुगेको र बेपत्ताको खोजी कार्य जारी रहेको बताए ।