
कैलालीको भजनी नगरपालिका-९ डोङपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा तीन बालिकाको मृत्यु भएको छ ।

शुक्रबार नुहाउने क्रममा भजनी नगरपालिका- ९ डोङपुरका धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह, रामफल चौधरीकी ७ वर्षीया छोरी जेनी चौधरी र धनबहादुर सिंहकी ६ वर्षीया छोरी अनु सिंहको मृत्यु भएको हो । लक्ष्मी र जेनीको शव शुक्रबार नै फेला परेको थियो भने बेपत्ता भएकी अनुको शव शनिबार फेला परेको हो ।
शनिबार बिहान साढे ७ बजेतिर सोही नदीको करिब ३ किलोमिटर पर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । कान्द्रा नदीमा नुहाउने क्रममा उनीहरूको ज्यान गएको हो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15