तुईन घटनाका प्रत्यक्षदर्शी भन्छन- भारतले दिएको जवाफ झुटो हो  
2021/08/01, 10:00
 
bb

साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भए ।

यो तथ्यलाई प्रत्यक्षदर्शीहरुको भनाइले पुष्टि गरेको तर, भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर यो घटनामा एसएसबीको संलग्नतालाई इन्कार गरेपछि घटना झन् पेचिलो र जटिल बन्दै गएको हो । भारतीय पक्षले आफुहरुले त्यस्तो घटना नगरेको भन्दै पत्रमा उल्लेख गरेको छ ।

भारतले नेपाललाई दिएको पत्रलाई झुटा साबित गर्दै ब्याँस गाउँपालिका वडा न ३ का वडा अध्यक्ष उपेन्द्रसिंह धामीले भारतीय सुरक्षा निकायका जिम्मेवार जवानहरुबाट गरेको हत्या निकै निन्दनिय भएको बताएका छन् । ‘सदियौँ देखि एक आपसमा घनिष्ट छिमेकीको रुपमा रहेको भारतले आपसी सदुभाव भाईचारा सामाजिक मुल्य र मान्यताको ख्याल नगरी तुइन तरी रहेकै समयमा तुईन काटेर निर्दोस ब्यक्तिको हत्या गर्नु अन्तरराष्टिय फौँज दारी अपराध भएको छ’ वडा अध्यक्ष धामीले भने , ‘भारतीय पक्षले प्रत्यक्ष ३ जनाको आँखामा छारो हाल्ने काम गरेको छ । भौगोलीक कठिनाईका कारण समयमा प्रत्यक्ष दर्शीहरु नपुगेकाले अल अलमलमा परेको छौँ, भोलीनै  यस्को सत्य तथ्य खबर आउँछ ।’
 

यस्तो छ नरेन्द्र धामीको सहयोगमा प्रत्यक्षदर्शी कल्यानसंग भएको कुराकानी
शुुक्रबार बिहान ८ बजेको समयमा खाजा खाएर घरबाट हिडे । मेरै घरको तल खेत निर ४ जनालाई जना देखे । म आफै घाँट मालिक भएकाले मलाई उनिहरुले कुरनै पर्ने थियो । ति ४ जना संगै अन्य ३ जना पनि काठमान्डौँ जना भनि हिडेका थिए । मालघाटमा तुुइन भएको ठाउँमा हामीहरु संगसंगै पुग्यौँ । ति ४ जना व्याँसकै गौरसिंह धामी, अमरसिंह धामी, मनिराम धामी र बहादुरसिंह धामी सदरमुुकाम खलंगा आउने प्रतीक्षामा थिए ।

उनिहरु उमेरले २ जना ७० बर्षिय बृद्ध थिए भने १ जना ६० बर्षि र १ जना ४५ बर्षि थिए । पहिले २ जना ७० बर्षि लाई  तारी सके पछि १ जनालाई तारेको हुँ । एकजना ४५ बर्षिय आफै तुइन तर्न सक्न भएकाले आफै तुइन तरेका हुन् । त्यो संगै आएका उनीहरु पछि जयसिंह धामी, बिक्रम रंगोली र अनिता धामी तुइनको प्रतीक्षामा थिए । जयसिंह नातामा मेरो मामा पर्छन् । म जयसिंह धामीलाई तुुइनबाट तारिरहेको थिएँ । सो क्रममा पारीपट्टीबाट दौडेर दुुई जना एसएसबी आएकै हुन । बेपत्ता जयसिंह म जान्छु अगाडी भनेर तुईनमा गएकै हुन । गई सके पछि मामा (जयसिंह) नदीको बीच भागमा पुुगेका मात्र के थिए, माथिबाट नदीको किनारमा पुुगेको एक जना एसएसबीले घाटमै आएर रुखमा बाँधेको तुुइनको डोरी निकाल्न थाल्यो ।

मैले मान्छे छ डोरी ननिकाल्नुुस् भनेर इसारा गरेँ, तर उनीहरुले बेवास्ता गरे । बेपत्ता जयसिंह नदिपार हुन मात्र २ मिटर थियो त्यहि समयमा एसएसबीले तार फुकालेकै हो । मैले हद प्रयास गरे नखोल्नु भनेर तर एसएसबीले मान्नु भएन । मामा( जयसिंह) पारीपट्टी पुुग्नै लागेका बेला एसएसबीले डोरी निकालेपछि लछारिएर उहाँ महाकालीको भेलमा परे । डोरी निकालेपछि एसएसबी भागेर आफ्नो क्याम्पमा गयो । हामीहरु हेरेका हेरे भए ।

पछि एक दुई हुदै धेरै मान्छेहरु आए । उनिहरुको टोली पनि थप भयो र नेपाल तर्फ तरेकाहरुलाई पनि एसएसबीले डराई धम्काई आफ्नो कब्जामा लिन खोेजेकै हो धामीले भने । आफु संगैकोे मान्छेलाई महाकालीको भेलले बगाएर लगे पछि मेरो पनि सातो पुतलो गयो ,बेहोस भए त्यस्तै रन्थनिएर घर आए । घरमा आएर मुख अगाडीको घटनालाई कसरी बिर्सनु बेला बेला त्यहि देखिदै छ । जिल्ला प्रशासनले हिजो सुचना निकालेको छ । त्यो सुचना देख्दा यस्तो हाम्रो निरही प्रशासन ? देख्ने भन्छ बाग , नदेख्ने भन्छ स्याल । म देख्ने मान्छे हु एसएसबीले तुईन निकालेकै हो भनिराछु तर जिल्ला प्रशासन भने आँच आउने काम र सम्बन्धमा खलल पर्ने काम नगर्नु भनेर पत्र मार्फत सञ्चार माध्यमलाई जानकारी गराउँदा दुःख लाग्यो उनले भने । 

एक हप्ता अगाडि पनि एसएसबीले तुुइन निकालेको थियो तर शुुक्रबारको जस्तो अमानवीय व्यवहार देखाएको थिएन । मलाई २१ बर्ष भयो सोहि ठाउँमा तुईन लाएर वारपार गरेको तर यो मेरै आँखा अगाडीको पहिलो घटना हो । मामाले रोजगारीको खोजीमा काठमाडौँ जादैछुु भाञ्जा भन्नुुभएको थियो तर एसएसबीका कारण भाइबहिनी टुुहुरा भए । अहिले पुरै गाउँ सोगमग्न भएको छ । 
 

भारतको हस्तक्षेप जहिले पनि 
हामीमाथि भारतीय ज्यादती कहिलेसम्म ? महाकाली नदीमा पुुल नबन्दा हामी व्याँसबासीले यसरी नै अकालमै मृत्युुवरण कहिलेसम्म गर्नुुपर्ने हो ? पुुल निर्माणका लागि वषौँदेखि दबाब दिदै आयौँ । शिलान्यास भएको तीन वर्ष बितिसक्यो अहिलेसम्म काम अधुरै छ । ठेकेदारले अलपत्र पारेका छन् । ठेकेदारलाई केहि भन्यो भने धम्की आउँछ । पत्रकारहरुले समाचार लेखेकै भरमा  रात फोन गरेर धम्की दिएको छ भने हामीहरुलाई ठेकदारले के बाँकी राख्ला र ? एक स्थानियले भने ।