कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ
2021/08/01, 10:56
 
bb

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दोधारा चादनी नगरपालिका ३ शान्तिटोलका ३२ वर्षीय बिर बहादुर डाँगा रहेका छन्। उनले चलाएकाे यू.के.०६ भि ९८७७ नम्बरकाे माेटरसाइकलसहित उनको साथबाट ५०० ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

मोटरसाइकल सहित उनलाई पक्राउ गरी कानुन बमोजिम थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ।