
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३८ जना कोरोनाको संक्रमण देखिएको छ।

सोमबार अस्पतालको प्रयोगशालामा १८६ जनाको नमूना परीक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ४ जना भर्ना भएका छन्।

हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ८ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08