अस्ट्रेलियामा नर्सिङ पढ्दै गरिरहेकी आस्थाले गरिन् क्वारेन्टिमा वसेका २५० जनालाई खाजा र पानी सहयोग
2020/06/11, 1:11
 
korona

अस्ट्रेलियामा नर्सिङ पढ्दै गरेकी कैलालीको साडेपानीकी आस्था बमले क्वारेन्टाइनमा बस्दै आएकालाई खाजा पानीको सहयोग गरेकी छिन् । कोरोना भाइरसले देश आक्रान्त बनेको बेला क्वारेन्टाइनमा बस्दै आएकाको दैनिकीलाई महशुस गर्दै आस्थाले साडेपानी र सुखडका  ५ वटा विद्यालयमा रहेका २५० जनालाई बुधबार खाजा र पानी सहयोग गरेकी हुन ।

b

उनले दशरथ नमूना विद्यालयमा रहेका १३४, समैजी आधारभुत विद्यालय सुखडमा रहेका ३४, चौरमाल आधारभूत विद्यालय साडेपानीमा रहेका ४७ र कालिका प्राविमा रहेका ३९, मालिका प्राविमा रहेका ३ जनालाई खाजा र पानी सहयोग गरेकी हुन । आफ्नो खाजा खर्च कटाएर क्वारेन्टाईनमा बसेका नेपाली दाजुभाइलाई सहयोग गरेको बताईन् ।

b

अस्ट्रेलियाबाट आर्थिक सहयोग गरेकी आस्थाले विपतको घडीमा सहयोग गर्न पाउँदा खुशी भएको बताईन् । आस्थाको आर्थिक सहयोगबाट चारवटै विद्यालयको क्वारेन्टाइनमा बसेकाहरूलाई उनको परिवार र आफन्तले बुधबार खाजा र पानी खरिद गरि वितरण गरेका छन् । अस्ट्रेलियामा नर्सिङ पढ्दै गरेकी आस्था स्थानीय शिक्षक गणेश बमकी छोरी हुन ।